मलाई कारागारबाट मुक्त गर्नुहोस् : इमरान खान « Khabarhub

मलाई कारागारबाट मुक्त गर्नुहोस् : इमरान खान


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । 

साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । 

गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्‍याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । 

झिँगा र कीराले विद्रप पारेको कालकोठारीमा नेता खानलाई कोचेको वकिलहरूको भनाइ छ । त्यस्तो वातावरणमा बसेका उनले दासत्व नस्वीकार्ने प्रण पनि गरेका छन् । यद्यपि उनले सजाय भोग्ने तर घुँडा नटेक्ने बताएका छन् । प्रतिकूल परिस्थितिका बाबजुद नेता खान हतोत्साही नभएको वकिलहरूले बताएका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ०८ बजे

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी

बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न

प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेको छु : मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको

प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको