बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो « Khabarhub

बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बर्दिबासमडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अन्सारीको शव तीन दिनपछि फेला परेको छ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेको थियो। बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव बाहिर निकालिएको प्रहरी निरीक्षक मनोज यादवले बताए।

मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : ४५ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७