बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो « Khabarhub

बाढीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– मडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अन्सारीको शव तीन दिनपछि फेला परेको छ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेको थियो। बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव बाहिर निकालिएको प्रहरी निरीक्षक मनोज यादवले बताए।

मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ४५ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा