उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै « Khabarhub

उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आज सम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो ।

उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उपराष्ट्रपति यादव विसं २०७९ चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ८ : ५४ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन