कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ?  « Khabarhub

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ? 


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

पूर्वीय दर्शनमा ऋषिमुनिहरूले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरूको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । जसमा कता फर्केर, कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ ।

वास्तुशास्त्र अनुसार पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ । उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुनुका साथै दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने हुन्छ ।

पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुने भनिएको छ । वैज्ञानिक पक्ष अनुसार पृथ्वीमा चुम्बकीय तत्त्वको प्रभाव हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ ।

जसका कारण दक्षिणतर्फ शिर राखेर सुत्दा यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन् । फलस्वरूप बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन् ।

तर, उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ । ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ । यसको साइड इफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ । यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्न सक्छ ।

पूर्वी दिशामा सिरानी बनाएर सुत्दा यसले स्वास्थ्य एवम् मानसिकतामा राम्रो प्रभाव पार्छ । जसमा सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो मानिँदैन ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ५८ बजे

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम