साँफे–मार्तडी सडक अवरुद्ध « Khabarhub

साँफे–मार्तडी सडक अवरुद्ध


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बाजुरा– शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।

सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले जानकारी दिए ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : ३७ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान