केआइसिंह राजमार्ग अवरुद्ध, यात्रु अलपत्र  « Khabarhub

केआइसिंह राजमार्ग अवरुद्ध, यात्रु अलपत्र 


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । 

तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि सो सडक खण्डमा सञ्चालित सवारी साधन आवतजावत रोकिएको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध भएको हो । 

शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भएपछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन ।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रूखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक खुलाउने काम सुरु गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : ५० बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ