केआइसिंह राजमार्ग अवरुद्ध, यात्रु अलपत्र  « Khabarhub

केआइसिंह राजमार्ग अवरुद्ध, यात्रु अलपत्र 


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । 

तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि सो सडक खण्डमा सञ्चालित सवारी साधन आवतजावत रोकिएको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध भएको हो । 

शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भएपछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन ।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रूखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक खुलाउने काम सुरु गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  १० : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको