८५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ « Khabarhub

८५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका १ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका ८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका १ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत् दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १ : ५५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ