स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  २ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको