संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश « Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठन गरिएको उपसमितिले प्रतिवेदन पेश गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधयेकमा उल्लेख गरिएका केही विषयमा सहमति जुटाउँदै उपसमितिले प्रतिवेदन बुझाएको हो । उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय थप छलफलबाट टुङ्गोमा पुर्‍याउनुपर्ने जनाएको छ ।

त्यस्तै सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई पनि थप छलफलबाट टुङ्गोमा पुराउन सुझाव दिएको छ भने घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय टुङ्गो लगाउन नसकिएकाले थप छलफल गर्नुपर्ने उपसमितिको निष्कर्ष रहेको समिति सदस्य रमेश लेखकले बताए ।

लेखकले उपसमितिले प्रतिवेदन तयार गर्ने क्रममा पिडित, विषयविज्ञलगायत संघसंस्थासँग छलफल गरेर निष्कर्ष निकालेको जानकारी दिए ।

बैठकमा कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी नमिलेका बिषयहरुमा गहन छलफल गरेर समितिले एकमत भएर निर्णय गर्नुपर्ने बताए । उनले विधेयकका सम्बन्ध सहमति गरेर चालू अधिवेशनमा नै पेश गर्ने गरि निष्कर्षमा पुग्न आग्रह पनि गरे ।

उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद चार वर्ष राख्ने गरी कानून बनाउने राय प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगले उल्लेखित अवधिभन्दा अगावै शान्ति प्रक्रियाको काम सम्पन्न भएको घोषणा गरेमा सोही मितिदेखि आयोगको कार्यावधि समाप्त भएको मानिने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिले पनि प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : २१ बजे

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा