खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ « Khabarhub

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

इटहरी- सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका ९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : ५३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका