दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश, नेपालगञ्जमा कर्फ्यू हटाइयो, कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमै सरकार बनाउने कांग्रेसको निर्णय, एसियाडमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद

परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका थिए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठन गरिएको उपसमितिले प्रतिवेदन पेश गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधयेकमा उल्लेख गरिएका केही विषयमा सहमति जुटाउँदै उपसमितिले प्रतिवेदन बुझाएको हो । उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय थप छलफलबाट टुङ्गोमा पुर्‍याउनुपर्ने जनाएको छ ।

नेपालगञ्जमा कर्फ्यू हटाइयो

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनले शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।

कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमै सरकार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य : दुई विधेयक पारित

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ ।

अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ ।

डेङ्गी सङ्क्रमण कम हुँदै, सुनसरीमा अझै १६ हजारभन्दा धेरै सङ्क्रमित

डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा सङ्क्रमण फैलिन नपाएको बताए ।

नयाँ बसपार्कबाट २४ हजारभन्दा धेरैले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँ बसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए ।

एसियाडमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्ता

चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् ।

एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ०१ बजे

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च

कोशीको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

विराटनगर कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

महिलालाई आत्मनिर्भर बनाउँदै रामपुर 

रामपुर– रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी सीप विकासमा जोड दिएको

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्वजनिक बिदा

काठमाडौं– सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल

आफ्नै निर्णयविरुद्ध सक्रिय खेलकुद परिषद्

काठमाडौं – दुई वर्ष अघि नै राष्ट्रिय खेलकुद परिषद्ले नेपाल