‘नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण’ « Khabarhub

‘नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण’


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत–अमेरिका द्विपक्षीय सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक भएको बताएका छन् । उनले स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्नका लागि भारत–अमेरिका साझेदारीले प्रमुखता पाएको उल्लेख गरे। 

‘उदीयमान विभिन्न चुनौती भए पनि हामीले प्रमुख र दीर्घकालीन मुद्दाहरूमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ, हाम्रो साझेदारी स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ’, उनले भने, ‘हामी क्षमताका क्षेत्र तथा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने साझेदारीका लागि अमेरिकासँग निकट रहेर काम गर्न तत्पर छौँ, म आज आकर्षक र समृद्ध छलफलका लागि तयार छु ।’

भारत–अमेरिका (दुई जोड दुई) मन्त्रिस्तरीय वार्ताको प्रारम्भमा मन्त्री सिंहले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनलाई स्वागत गर्दै भारत–अमेरिका सम्बन्ध विस्तार हुँदै गएको बताए । 

‘भारत–अमेरिका द्विपक्षीय सम्बन्धमा रणनीतिक चासो विस्तार भएको छ भने रक्षा, सुरक्षा तथा जासुसी सहयोगमा सुधार भएको देखिएको छ’, उनले भने, ‘रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक हो, भारत र अमेरिका पहिलाभन्दा धेरै नै नजिक भएको बेला तपाईंहरूको भारत भ्रमण भइरहेको छ ।’

अमेरिकी रक्षामन्त्री अस्टिनले गत वर्ष भारत र अमेरिकाले रक्षा साझेदारी निर्माणमा ‘प्रभावशाली लाभहरू’ हासिल गरेको बताएका छन् । उनले भारत र अमेरिकाले विचार आदानप्रदान गर्न, साझा लक्ष्य खोज्न र तत्काल वैश्विक चुनौतीहरूको सामना गर्दै दुवै मुलुकका जनताका लागि काम गर्न यो ‘महत्त्वपूर्ण’ भएको बताए । 

‘हामीले ठूलो गतिको समयमा भेट गरिरहेका छौँ, तात्कालिक वैश्विक चुनौतीहरूका बीच अमेरिका र भारतबीचको साझेदारी विश्वका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक विचारहरूको आदानप्रदान गर्न, साझा लक्ष्यहरू खोज्न र आफ्ना जनताका लागि काम गर्न पहिलाको तुलनामा धेरै नै महत्त्वपूर्ण छ’, उनले भने, ‘हामीले गत वर्ष आफ्ना प्रमुख रक्षा साझेदारीको निर्माणमा प्रभावशाली लाभ हासिल गरेका छौँ र यसबाट हामीलाई शान्ति र स्थिरताका लागि अझ धेरै योगदान पुर्याउन सहयोग प्राप्त हुनेछ ।’

उनले भारत–अमेरिका सहयोगको दायरा अत्यन्त ठूलो भएको बताएका छन् । अमेरिका–भारत साझेदारीको बल जनता–जनताबीचको सम्बन्धमा निहित रहेको भन्दै यो दुई मुलुकबीचको मित्रताको मुटु भएकामा उनले जोड दिए। 

दुई जोड दुई मन्त्रिस्तरीय वार्तामा सहभागी हुन अमेरिकी रक्षामन्त्री अस्टिन र विदेशमन्त्री ब्लिङ्केन नयाँदिल्ली आइपुगेका छन् । यो सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुने कूटनीतिक शिखर सम्मेलन हो । यसमा दुवै मुलुकका विदेशमन्त्री र रक्षामन्त्रीले प्रतिनिधित्व गर्नेछन् । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : १२ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा