'नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण' | Khabarhub Khabarhub

‘नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण’


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत–अमेरिका द्विपक्षीय सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक भएको बताएका छन् । उनले स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्नका लागि भारत–अमेरिका साझेदारीले प्रमुखता पाएको उल्लेख गरे। 

‘उदीयमान विभिन्न चुनौती भए पनि हामीले प्रमुख र दीर्घकालीन मुद्दाहरूमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ, हाम्रो साझेदारी स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ’, उनले भने, ‘हामी क्षमताका क्षेत्र तथा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने साझेदारीका लागि अमेरिकासँग निकट रहेर काम गर्न तत्पर छौँ, म आज आकर्षक र समृद्ध छलफलका लागि तयार छु ।’

भारत–अमेरिका (दुई जोड दुई) मन्त्रिस्तरीय वार्ताको प्रारम्भमा मन्त्री सिंहले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनलाई स्वागत गर्दै भारत–अमेरिका सम्बन्ध विस्तार हुँदै गएको बताए । 

‘भारत–अमेरिका द्विपक्षीय सम्बन्धमा रणनीतिक चासो विस्तार भएको छ भने रक्षा, सुरक्षा तथा जासुसी सहयोगमा सुधार भएको देखिएको छ’, उनले भने, ‘रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक हो, भारत र अमेरिका पहिलाभन्दा धेरै नै नजिक भएको बेला तपाईंहरूको भारत भ्रमण भइरहेको छ ।’

अमेरिकी रक्षामन्त्री अस्टिनले गत वर्ष भारत र अमेरिकाले रक्षा साझेदारी निर्माणमा ‘प्रभावशाली लाभहरू’ हासिल गरेको बताएका छन् । उनले भारत र अमेरिकाले विचार आदानप्रदान गर्न, साझा लक्ष्य खोज्न र तत्काल वैश्विक चुनौतीहरूको सामना गर्दै दुवै मुलुकका जनताका लागि काम गर्न यो ‘महत्त्वपूर्ण’ भएको बताए । 

‘हामीले ठूलो गतिको समयमा भेट गरिरहेका छौँ, तात्कालिक वैश्विक चुनौतीहरूका बीच अमेरिका र भारतबीचको साझेदारी विश्वका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक विचारहरूको आदानप्रदान गर्न, साझा लक्ष्यहरू खोज्न र आफ्ना जनताका लागि काम गर्न पहिलाको तुलनामा धेरै नै महत्त्वपूर्ण छ’, उनले भने, ‘हामीले गत वर्ष आफ्ना प्रमुख रक्षा साझेदारीको निर्माणमा प्रभावशाली लाभ हासिल गरेका छौँ र यसबाट हामीलाई शान्ति र स्थिरताका लागि अझ धेरै योगदान पुर्याउन सहयोग प्राप्त हुनेछ ।’

उनले भारत–अमेरिका सहयोगको दायरा अत्यन्त ठूलो भएको बताएका छन् । अमेरिका–भारत साझेदारीको बल जनता–जनताबीचको सम्बन्धमा निहित रहेको भन्दै यो दुई मुलुकबीचको मित्रताको मुटु भएकामा उनले जोड दिए। 

दुई जोड दुई मन्त्रिस्तरीय वार्तामा सहभागी हुन अमेरिकी रक्षामन्त्री अस्टिन र विदेशमन्त्री ब्लिङ्केन नयाँदिल्ली आइपुगेका छन् । यो सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुने कूटनीतिक शिखर सम्मेलन हो । यसमा दुवै मुलुकका विदेशमन्त्री र रक्षामन्त्रीले प्रतिनिधित्व गर्नेछन् । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : १२ बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार