बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ | Khabarhub Khabarhub

बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा  एक जना तिब्बती बौद्ध भिक्षु पक्राउ परेका छन् । चीनको गान्सु प्रान्तमा रहेको टासी गुम्बाका भिक्षुलाई आफ्नो क्षेत्रबाहिरका मानिससँग सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको हो ।

रेडियो फ्रि एसियाका अनुसार बौद्ध भिक्षु कुन्चोक दाक्पालाई अक्टोबर महिनाको पहिलो साता थेवो काउन्टीबाट पक्राउ गरिएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यद्यपि उनलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

उनले यसअघि भारतको धर्मशालामा रहेको कीर्ति गुम्बा पुगेर अध्ययन गरेका थिए । कीर्ति गुम्बा निर्वासित तिब्बती नेता दलाई लामा र निर्वासित तिब्बती सरकारको प्रमुख स्थान मानिन्छ ।

उनलाई यसअघि पनि चिनियाँ अधिकारीहरुले बारम्बार पक्राउ गरी सोधपुछ गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका