एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित, सेमिफाइनल सम्भावना कठिन « Khabarhub

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित, सेमिफाइनल सम्भावना कठिन


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।

दुबईमा आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रनमा समेटियो ।

नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको इनिङ्स खेलेपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । १ सय ८ बल खेलेका कुमाल ९१ रनमा आउट भए ।

नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन बनाए । दीपक बोहरा १५ रनमा आउट हुँदा दीपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जाद्रानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २–२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलको नाममा एक–एक विकेट रह्यो ।

दुई खेलमा हारेको नेपाललाई अब सेमिफाइनल सम्भावना जटिल बन्दै गएको छ ।

आजै भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हराउँदा उसको सेमिफाइन पक्का जस्तै भएको छ ।

अब नेपालले भारतसँग र अफगानिस्तानले पाकिस्तानसँग खेलेपछि सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको