सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन « Khabarhub

सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ।

प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म मुख्यमन्त्रीसहित नयाँ सरकार गठनका लागि दाबी गरिनेछ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने दलको सरकार बन्ने पक्का छ।

सुदूरपश्चिममा एमाले-माओवादीले आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् । अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ५८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी