दिल्लीबाट काठमाडौँ उडेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानामा ढुङ्गा भेटियो « Khabarhub

दिल्लीबाट काठमाडौँ उडेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानामा ढुङ्गा भेटियो


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको छ । टाटा कम्पनीको स्वामित्वमा रहेको एअर इण्डियाको विमानमा एक जना महिला यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको हो ।

पछिल्लो समय यात्रुले उडिरहेको विमानमा पिसाब फेरेको घटना सार्वजनिक भएर आलोचना खेपिरहेका बेला एअर इण्डियाले यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा भेटिएको हो ।

दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एअर इण्डियाको एआई २१५ विमानमा यात्रा गरिरहेकी सर्वप्रिया सङ्वानलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको भारतीय समाचार संस्था जीन्युजले उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा तस्वीर सार्वजनिक गर्दै घटनाको खुलासा गरेकी हुन् ।

‘ढुङ्गारहित खानेकुरा उपलब्ध गराउन तपाईहरुलाई कुनै स्रोत चाहिँदैन, एअर इण्डिया ।’ उनले ट्विटरमा लेखेकी छिन् ‘एआई २१५ मा यात्रा गर्दा मलाई दिइएको खानेकुरामा यो भेटियो । यसबारे चालक दलमा सदस्य ज्याडोनलाई यसबारे जानकारी गराइयो । यस्तो हेलचेक्र्याईँ अस्वीकार्य छ ।’

 

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ०२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको