पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैन : मन्त्री श्रेष्ठ « Khabarhub

पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैन : मन्त्री श्रेष्ठ


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज यहाँ आयोजित चियापान कार्यक्रममा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘पृथ्वीनारायणको योगदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ ।’नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे । उनले भने, ‘आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उनी एक हुन् । 

जसले विदेशीसँग लडेर आफ्नो भूमि रक्षा गर्‍यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उनको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको आवश्यकता रहेको आफूले भन्दै आएकामा अहिले त्यो अभ्यासमा मुलुक रहेको बताए । उनले भने, ‘मुलुकलाई एकीकरण गरेर नेपाली भन्न राष्ट्रनिर्माता पृथ्वीनारायण जन्मजयन्ती मनाउनु हाम्रा लागि खुसी र गौरवको विषय हो । औपचारिकता पूरा गर्न मात्र यो दिवस मनाउने होइन, साँच्चिकै राष्ट्रलाई एकताबद्ध बनाएर मुलुक निर्माण गर्नुछ ।’

मुलुकमा अति दलबन्दी भएको उल्लेख गर्दै नेता पौडेलले भने, ‘निमुखाले न्याय, विपन्नले आय पाउन सक्ने स्थिति भएको छैन, त्यसका लागि अहिले राष्ट्रिय एकताको खाँचो छ, पृथ्वीनारायणको मुख्य कुरा घुस लिने र दिने सबै राज्यका शत्रु हुन भन्ने छ, त्यसैले सबै मिल्ने हो भने सुशासन हुन्छ ।’

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ४२ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू