इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए « Khabarhub

इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ बनेको छ । दुबै गाभिएसँगै इन्भेस्टमेन्ट मेगा बैंकको विधिव रुपमा आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् । दुई बैंकबीच शेयर स्वाप अनुपात १०० र ९० रहेको छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेस्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेस्टमेन्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिपडेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । साविक इन्भेस्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छिन् ।

अध्यक्ष पाँडेले बैंकिङ क्षेत्रमा अग्रणी बैंकको रुपमा सबल एवं सक्षम संस्थाको रुपमा परिचित रहिआएका दुबै बैंक गाभिएपश्चात् देशकै ठूला वाणिज्य बैंकमध्येको एक हुने बताए । उनले ग्राहकको सेवा सुविधालाई प्राथमिकता दिँदै कर्मचारी, प्रविधिलगायत वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुनुपर्ने र हुनेछ भन्ने विश्वास व्यक्त गरे । साथै, अध्यक्ष पाँडेले यसले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताए । नियम र नियमनभित्र बसेर कर्मचारीले दिने सेवा सुविधा तथा कर्मचारीको व्यवस्थापन, प्रविधि, शेयर कारोबारलगायतलाई उत्कृष्ट बनाउने ध्येय आफूहरुको हुने उनले बताए ।

त्यसैगरी, मेगा बैंकका अध्यक्ष शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद् तथा सकारात्मक कदम भएको बताए । उनले मर्जरपछि दुबै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षलाई अङ्गीकार गर्नुका साथै शेयरधनीको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।

मर्जरपश्चात् बैंकको कूल चुक्ता पुँजी ३४ दशमलव १२ अर्ब रुपैयाँ, कूल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी र कूल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, कूल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब गरी कूल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ ।

गाभिएपछि बैंकको शाखा सङ्ख्या दुई सय ९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा एक सय नौ तथा एटिएम सञ्जाल दुई सय ७९ पुगेको छ । निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता जनाइएको छ । पाँडेका अनुसार बैंकले कूल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दैआएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ४० बजे

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका