अख्तियारले आज ३२औँ स्थापना दिवस मनाउँदै « Khabarhub

अख्तियारले आज ३२औँ स्थापना दिवस मनाउँदै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२औँ स्थापना दिवस । दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ। आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्।

अख्तियारको केन्द्रिय कार्यालयले शनिबार दिवसका उपलक्ष्यमा सुशासन प्रतिको ऐक्यबद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि आयोगमा उजुरी गर्न आग्रह गरेको छ। शुक्रबार अख्तियारको हेटौँडा कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो ।

‘मिलेर फालौँ भ्रष्टाचारको जालो: सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नारा यसवर्ष तय गरिएको छ। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ।

तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको अख्तियारलाई नेपालको अन्तरिम संविधान, २०६३ ले पनि निरन्तरता दिएको थियो।

भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ०४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर