राजदूत वाग्ले र बहराइनका उपप्रधानमन्त्री खलिफाबीच भेटवार्ता  « Khabarhub

राजदूत वाग्ले र बहराइनका उपप्रधानमन्त्री खलिफाबीच भेटवार्ता 


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले त्यहाँका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अल खलिफासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र बहराइनबीच द्विपक्षीय सम्बन्ध, भ्रमण आदानप्रदानको महत्त्व, मानवीय सेवा कार्य, श्रम, स्वास्थ्य तथा पर्यटन सम्बन्ध विस्तारका अवसरबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

उपप्रधानमन्त्री अल खलिफाले बहराइनको ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका लागि नेपालका नेत्र रोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत छनोट भएकोमा बधाई दिएका थिए। राजदूत वाग्ले उक्त गौरवशाली पुरस्कार घोषणा प्रति हार्दिक आभार प्रकट गर्दै मानवीय सेवा कार्यमा बहराइनले पुर्‍याउँदै आएको कार्यको सराहना गरेका थिए।

उपप्रधानमन्त्री शेख खालिद उक्त ईशा अवार्ड बोर्ड अफ ट्रष्टीजका उपाध्यक्ष समेत हुन्। यसैगरी राजदूत वाग्लेले ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका महासचिव अली अब्दुल्ला खलिफासँग पनि भेट गरी ईशा अवार्ड घोषणाका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट गौरव र आभार प्रकट गरेका थिए।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्। उक्त ईशा अवार्ड वितरण समारोह केही हप्ताभित्र राजधानी मनामामा हुँदैछ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : २७ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा