राजदूत वाग्ले र बहराइनका उपप्रधानमन्त्री खलिफाबीच भेटवार्ता  « Khabarhub

राजदूत वाग्ले र बहराइनका उपप्रधानमन्त्री खलिफाबीच भेटवार्ता 


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले त्यहाँका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अल खलिफासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र बहराइनबीच द्विपक्षीय सम्बन्ध, भ्रमण आदानप्रदानको महत्त्व, मानवीय सेवा कार्य, श्रम, स्वास्थ्य तथा पर्यटन सम्बन्ध विस्तारका अवसरबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

उपप्रधानमन्त्री अल खलिफाले बहराइनको ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका लागि नेपालका नेत्र रोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत छनोट भएकोमा बधाई दिएका थिए। राजदूत वाग्ले उक्त गौरवशाली पुरस्कार घोषणा प्रति हार्दिक आभार प्रकट गर्दै मानवीय सेवा कार्यमा बहराइनले पुर्‍याउँदै आएको कार्यको सराहना गरेका थिए।

उपप्रधानमन्त्री शेख खालिद उक्त ईशा अवार्ड बोर्ड अफ ट्रष्टीजका उपाध्यक्ष समेत हुन्। यसैगरी राजदूत वाग्लेले ईशा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका महासचिव अली अब्दुल्ला खलिफासँग पनि भेट गरी ईशा अवार्ड घोषणाका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट गौरव र आभार प्रकट गरेका थिए।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्। उक्त ईशा अवार्ड वितरण समारोह केही हप्ताभित्र राजधानी मनामामा हुँदैछ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : २७ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।