भ्रष्टचारविरुद्ध सरकार निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भ्रष्टचारविरुद्ध सरकार निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारविरुद्ध सरकार निर्मम हुने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं बार्षिकोत्सबलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्य योजना बनाई कामको थालनी भइसकेको जनाएका छन् ।

‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको छ। सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूमा सदाचारिता अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्य योजना बनाई कामको थालनी भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,  भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने कुरा समेत आजको यस महत्त्वपूर्ण अवसरमा दोहोर्‍याउन चाहन्छु।’

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ५१ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ