राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन « Khabarhub

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

११:३० मा विरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए।

आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताएका थिए। गम्भीर घाइते सिंहको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ।

सोही घटनाको विरोधमा शुक्रबार पनि चिकित्सकहरुले ट्रमा सेन्टरअगाडिको सडकमा प्रर्दशन गरेका थिए। त्यस क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो ।

नजिकै निर्मला कुर्मीलाई न्यायको माग गर्दै डेढ महिनादेखि धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : २४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ