राष्ट्रपतिलगायत विशिष्टको सवारीका लागि गगन थापाका दुई सुझाव « Khabarhub

राष्ट्रपतिलगायत विशिष्टको सवारीका लागि गगन थापाका दुई सुझाव


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन । उक्त घटनाबारे सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको उल्लेख गर्दै थापाले भनेका छन, ‘यस्तो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ ।’

थापाले विशिष्ट व्यक्तिको सवारीका लागि लागि दुईवटा काम गर्नुपर्ने सुझाव दिएका छन् । ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ,’ उनको पहिलो सुझाव छ ।

दोस्रो सुझावमा उनले भनेका छन, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’ उनले आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिने, पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने जनाएका छन् ।

‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनको आग्रह छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : ५४ बजे

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने