चर्चामा छक्का पञ्जाको ‘दर्शन सलाम’ गीतका गायक « Khabarhub

चर्चामा छक्का पञ्जाको ‘दर्शन सलाम’ गीतका गायक

डेभिड शंकर भन्छन्, मेरो लागि मेरा सबै गीत राम्रा छन्


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको नाम हो गायक डेभिड शंकर। उनको गीत समेटिएको चलचित्र छक्का पञ्जाले अहिले चर्चा पाइरहेको छ। छक्का पञ्जाको ‘पहिलो नम्बरमा, हो या पहिलो नम्बरमा’ पछि छक्का पन्जा-४ को ‘दर्शन सलाम’का गायक डेभिड शंकरसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंशः

अहिले तपाईं धेरै चर्चामा हुनुहुन्छ। कुराकानीको सुरुवात तपाईंको गायन यात्राबाट गरौं। गायनमा कसरी प्रवेश गर्नुभयो भयो ?
गायन सुरु गरेको तथा गीत सङ्गीतलाई नजिकबाट निहालेको २०६२ सालबाट हो। म २०६४ सालको मेची तारा हुँ। त्यसपछि अनवरत आजको दिनसम्म गीत सङ्गीतमा नै रहेको छु। दर्शक श्रोताको माया, साथ सहयोगका कारण नै यहाँसम्म आएको छु। २०६२ देखि २०७९ सम्मको यात्रा निरन्तर छ।

चर्चा चाहिँ खास कसरी हुने रहेछ। यहाँलाई के लाग्छ ?
सबै तिर मेरो गीतलाई सबैले मन पराउनु भएको छ। म गीत चल्यो भनेर भाइरल हुनुपर्छ भन्दिन। भाइरलको अस्तित्व हुँदैन। त्यो क्षणिक हुने भएकाले म त्यो बाटोमा छैन। आफूले गरेको कामको प्रभाव कालान्तरसम्म रहनुपर्छ भन्ने लाग्छ।

गीतमा मौलिकता जोडिएको हुन्छ। यसले नै हो तपाईंलाई चर्चामा ल्याउने ?
मैले काम गर्ने भनेको आधुनिक गीतमा नै हो। मैले छनोट गरेका गीत उच्छृङ्खल हुँदैनन्। कतिपय त संयोग पनि मिलेको भन्छु। म गीत गाउँदा शब्ददेखि लिएर सबै कुरामा ख्याल गर्छु। मेरा गीत सरल सभ्य नै छन्। त्यसैले सबैले मन पराउनुभएको छ।

तपाईंको गायन यात्रा चाहिँ कसरी प्रारम्भ भयो ?
म सुदूरपूर्व पाँचथरमा जन्मेको हुँ। यो सङ्गीत भन्ने विषयदेखि हामी धेरै टाढा थियौं। वास्तवमा परिवारमा सङ्गीत सिक्नु टाढाको कुरा थियो। सङ्गीत भन्ने विषय नै थिएन भन्दा पनि हुन्छ। २०६२ सालमा काठमाडौं आएर राम सरसँग केही समय बिताउने मौका मिल्यो। विकाश चौधरी सरसँग तीन वर्ष जति संगीत सिकेँ। त्यसपछि नै मेरो सांगीतिक यात्रा सुरु भयो।

तपाईंको बाल्यकाल कसरी बित्यो ?
मलाई जे देख्यो त्यही बन्न मन लाग्थ्यो। म खाना खाँदा पनि गीत गाइरहेको हुन्थेँ। गीतमा नै लाग्छु जस्तो लाग्थ्यो। घरमा नै मेरो नाम कलाकार भनेर राख्नुभएको थियो।

गीतको चर्चा हुन्छ तर गायकको महत्त्व हुँदैन भन्छन्। के साँच्चै त्यस्तै हुन्छ हो ?
गीत र गायक भनेको परिपुर जस्तो हो। नङ र मासु जस्तो हो। एकलाई चोट लाग्दा अर्कोलाई दुख्ने भने जस्तो हुन्छ। एक छैन भने अर्कोको कुनै औचित्य नै रहँदैन। फिल्म चलाउन पनि गीतको महत्त्व हुन्छ। गीत पनि चलचित्रको एउटा भाग हो। फिल्म चलाउन गीत राम्रो हुनैपर्छ।

तपाईंको सांगीतिक एल्बमबारे बताइदिनुहोस् न ?
मैले २०६८ सालमा मेरो सपना भन्ने एल्बम ल्याएको थिएँ। जसमा छ वटा गीत राखेको थिएँ। २०७१ सालमा दसैँ, २०७४ सालमा ‘इन दि मेट’ गरेर तीन वटा एल्बम ल्याएको छु।

तपाईंलाई मन पर्ने गायक तथा गायिका ?
पछिल्लो समय सङ्गीतमा धेरै कुरालाई अङ्गालेर आउनु भएको छ। त्यस कारण सबै आआफ्नो ठाउँमा एकदम राम्रो हुनुहुन्छ। अघिल्लो पुस्तामा भने म धेरै नारायण गोपालको गीत सुन्ने गर्छु। म नारायण गोपालबाट धेरै कुरा सिक्ने मौका पाएँ जुन गीत सुनेर नै सिक्न पाएँ। त्यसमा गौरव लाग्छ।

तपाईंले गाउँनु भएकामध्ये सबैभन्दा मन परेको गीत कुन हो ?
आफूले गाएका सबै गीत नै प्यारो नै हुन्छन्। त्यसमा यो राम्रो त्यो नराम्रो भन्ने नै हुँदैन। त्यो परिश्रमको फल नै हो। सबै गीत मेरो लागि राम्रा छन्। दर्शकले मन पराइदिँदा अझ खुसी लाग्छ। (एभिन्युजसँगको सहकार्यमा तयार कुरकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ३९ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र