नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली दूतावास कुवेतको आयोजनामा त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दूतावास परिसरमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परीक्षण गर्नुका साथै बाल दन्त चिकित्सक डा. सुमन्त मिश्राले दाँत तथा मुखको स्वास्थ्य जानकारी दिएका थिए ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले शिविरको महत्त्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलाई स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परीक्षणमा सहभागी सबैलाई धन्यवाद दिए ।

राजदूत भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय हाला सुपर स्पेशलिटी मेडिकल सेन्टरका सीईओ नासिर अहमद याकुबले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ४३ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि