दमौली बजार जोगाउन मादीमा बाँध निर्माण « Khabarhub

दमौली बजार जोगाउन मादीमा बाँध निर्माण


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गत वर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिममा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ । 

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका  प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास-३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो । 

चालु आर्थिक वर्ष २०७९-८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्ने गरी एमआर गु्रप चितवनले गत वर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण  थालिएको हो । ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ’, प्रमुख शर्माले भने । उनका अनुसार हालसम्म रू २० लाख मात्रै भुक्तानी भएको छ । 

सोही बजेटमा व्यास-५ पाटनस्थित मादी किनारमा झण्डै एक सय मिटरको बाँध निर्माण भइरहेको छ । व्यास-५ का छ सय ६३ र व्यास-३ का केही परिवार कटानका कारण जोखिममा छन् । टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गत वर्ष बाढी आएपछि रातभर जाग्राम बस्नु परेको बताउँछन् ।   

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ०८ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका