उपराष्ट्रपति निर्वाचन : रामसहायको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता  « Khabarhub

उपराष्ट्रपति निर्वाचन : रामसहायको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता 


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो ।

यादव सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका हुन्। एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समुदायबाट भएकाले अब उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै उजुरी हालेको हो।

एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५) ले उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्रि जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ । 

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाटै प्रमिला यादव र जनमतबाट ममता झाले उम्मेदवारी परेको हो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै