उपराष्ट्रपति निर्वाचन : रामसहायको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता  « Khabarhub

उपराष्ट्रपति निर्वाचन : रामसहायको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता 


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो ।

यादव सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका हुन्। एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समुदायबाट भएकाले अब उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै उजुरी हालेको हो।

एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५) ले उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्रि जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ । 

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाटै प्रमिला यादव र जनमतबाट ममता झाले उम्मेदवारी परेको हो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : २७ बजे

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय