आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार « Khabarhub

आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समुहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो ।

विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।

फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद आरआरमा बढेको थियो । विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ५० बजे

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना