बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बागमती प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौँस्थित ट्रमा अस्पतालमा पठाइएको छ । 

चालक नवीन राईको तनहुँमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : १७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व