‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन कामपाको आग्रह « Khabarhub

‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन कामपाको आग्रह


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आयोजनामा हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि निमन्त्रणापत्र प्राप्त नभए कामपा उपप्रमुखको सचिवालयमा सम्पर्क गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको छ ।

कामपा उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले  यसअघि नै देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको र पत्र प्राप्त नभएको भए सचिवालयमा सम्पर्क गर्न आग्रह गरेकी हुन् ।

सम्मेलनलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घमार्फत पनि निमन्त्रणा पठाएका छौँ । उपप्रमुख डङ्गोलले भनिन्, ‘हामी सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उनी उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौँ । यसैअनुसार पत्राचार पनि भइसकेको छ । कुनै पालिकामा हाम्रो निमन्त्रणा प्राप्त हुन नसकेको भए हाम्रो सचिवालयमा सम्पर्क राखेर पत्र प्राप्त हुने माध्यम उपलब्ध गराइदिन अनुरोध गरेका छौँ ।’ 

आगामी चैत १५ र १६ गते दुई दिन न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीस्वरूप सबै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको हो । कामपाले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख डङ्गोलले जानकारी दिइन्। 

सबै स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान-प्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा सबै पालिकालाई इमेलमार्फत निमन्त्रणापत्र पठाएको उपप्रमुख डङ्गोलले जानकारी दिइन् । पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ ।

सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय सञ्जाल निर्माण गर्ने योजना छ ।  सम्मेलन विशेषगरि चार विषयमा केन्द्रित रहने छ ।

गत १० महिनामा कामपाले न्यायिक समितिमार्फत गरेको असल अभ्यासका बारेमा सम्मेलनमा जानकारी दिने तयारी पनि गरेको छ । सम्मेलनमा मुलुकभरिका पालिका र अन्य व्यक्तिसहित एक हजार जना सहभागी रहने अपेक्षा कामपाको छ । संवैधानिक व्यवस्थाअनुरूप नै गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ३९ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली