आगलागीमा परी दुई बालबालिकाको मृत्यु « Khabarhub

आगलागीमा परी दुई बालबालिकाको मृत्यु


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घरभित्र रहेका दुई बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत जली करिब रु १० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ११ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली