‘ए’ डिभिजन लिग : संकटाको पहिलो जित « Khabarhub

‘ए’ डिभिजन लिग : संकटाको पहिलो जित


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा गणेशले गरेका थिए भने खेलको ८० औं मिनेटमा रोशनले दोश्रो र ८६ औं मिनेटमाा सुरजले गोल गरेका थिए । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ४५ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम