सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर « Khabarhub

सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय स्थानीय नीतिविपरीत भएको ठहर गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिबारे छलफल भएको थियो । बैठकले महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताइन् ।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् । फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ ।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषादी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १४ बजे

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको