पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजदेखि बयान लिने « Khabarhub

पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजदेखि बयान लिने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले आजदेखि बयान लिन सुरु गर्ने भएको छ।

खाण पक्राउको विषयमा केन्द्रित भएर आजदेखि बयान लिन सुरु गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्छ, ‘शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिनेछ ।’

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के-के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण र घटनामा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने ।

बुधवार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री खाणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिएको छ । अदालतले दिएको समयसीमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ । हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ७ : १६ बजे

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको