कांग्रेसमा सुधार आवश्यक छ | Khabarhub Khabarhub

कांग्रेसमा सुधार आवश्यक छ

लोकतन्त्र चमत्कार होइन, प्रक्रियागत प्रणाली मात्र हो


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेस अहिले संसद्को सबै भन्दा ठूलो दल हो। सत्ता साझेदारमध्ये सबै भन्दा ठूलो हैसियतमा रहेको दल हो। पछिल्लो समय नेपाली कांग्रेसप्रति जनतामा निराशा र अविश्वास बढ्दै गएको पाइन्छ। नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वप्रति कडा टिप्पणी गर्दै आएका छन्। पार्टी सभापति शेरबहादुर देउवाप्रति उनीहरुको चर्को असन्तुष्टि छ। नेपाली कांग्रेस सुध्रिने तथा सकिने के हो ? प्रमुख दल भएर पनि निर्णायक किन बन्न सकेको छैन ? यी र यस्तै विषयमा आधारित भएर राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले आम जनमानसको विश्वास गुमाएको अवस्था हो ?
उपनिर्वाचनको परिणाम भन्दा पछाडि नेपाली कांग्रेसको भविष्यको अवस्थाको बारेमा व्यापक चर्चा भइरहेको छ। खासमा नेपाली कांग्रेस सच्चिने कि सकिने विषयमा छ। यदि नेपाली कांग्रेसमा अहिलेको स्थितिमा सुधार र रूपान्तरण भएन भने नेपाली कांग्रेस कमजोर हुने देखिन्छ। नेपाली कांग्रेसको भविष्य केही पक्षलाई सुधार गरेमा उज्ज्वल रहेको छ। नेपाली कांग्रेस कहाँ नेर के कस्ता कार्यमा अन्योलमा परेको छ। त्यसमा पार्टी सहकर्मीले ध्यान दिनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आकर्षणले कांग्रेसमा कस्तो असर पर्ने देख्नुहुन्छ ?
मूलधारका पार्टीमाथि प्रश्न उठेकै छ। त्यतिकै प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि उठिरहेको छ। यसमा तीन थरीका साथीहरू छन्। एक लोकतान्त्रिक, मध्य पृष्ठभूमिबाट आएका, विगतमा सकिएर राजनीति नगरेका बौद्धिक व्यक्ति र व्यावसायिक पृष्ठभूमिबाट आएका व्यक्तिको उल्लेखनीय उपस्थिति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको विधान रहेको छ। यसको सैद्धान्तिक धारको विचार राख्नुपर्छ। आपसी सहयोग र ज्ञानको विकास हुनुपर्छ।

दक्षिणपन्थी कस्तो अवस्थामा रहेका छन् ?
दक्षिणपन्थी धार चर्चा कमाउन मात्र दौडिएको देखिन्छ। गणतन्त्र र धर्मनिरपेक्षतामा ठोस निर्णय भएको छैन। सम्भावना भने धेरै रहेको छ। युवा बौद्धिकता भएका साथीको कारण झुकाव धेरै प्राप्त भएका छन्। त्यसमा लगनशीलताको खाँचो रहेको छ।

नेपाली कांग्रेस भित्र महामन्त्री गगन थापाले अति नै भयो भन्नुको मुख्य कारण के हो ?
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। नेतृत्व र पार्टीको विषयमा लामो समयदेखि बहस भइरहेको अवस्था छ। नेपाली कांग्रेस समय अनुसार रूपान्तरण र सुधारतर्फ लाग्नुपर्छ। त्यसको अगुवाइ गगन थापा र विश्वप्रकाश शर्माले नै गर्ने हो। विश्वप्रकाशले कार्य सहज हुँदैन भने राजीनामा दिनेसम्ममा पुगेका छन्। पार्टीलाई सुधार गर्ने अवसर गुमाएको महसुस भएको छ। उहाँहरूबाट जनताले के आशा गरेका थिए त्यसमा कमी भएको छ । नेपाली कांग्रेस बहुपदीय प्रणालीमा गए पनि यो पार्टीमा सामूहिक नेतृत्वको अभ्यास छैन। नेपाली कांग्रेसको विधान नै असहज प्रकृतिको बनेको छ। धेरै प्रस्ताव पार्टीमा लगेर पुरा भएका छैनन्। जनताको जनादेशलाई सम्मान गरेर पार्टीलाई कसरी सुधार्ने, पार्टीलाई कसरी रूपान्तरण गर्ने हामीप्रति जनताको किन वितृष्णा बढेका हो ? त्यसमा बहस हुन सकेको छैन। भविष्यमा पार्टीको मार्ग चित्र कसरी तयार गर्ने, पार्टीले कस्तो नीति तयार गर्ने भनेर छलफल र बहस गर्नुपर्ने बेलामा ध्यान पुर्‍याउन नसकेको अवस्था छ।

नेपाली कांग्रेसमा सुधार हुने तथा भुत्ते हुने सम्भावना के कस्तो रहेको छ ?
गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएपछि जनता र कार्यकर्ताको ठूलो विश्वास थियो। पार्टीमा सकारात्मक कार्य होला र देशको विकास गर्दै पार्टीको नामसहित इज्जत बढाउलान् भन्ने आशा विस्तारै हराउन थालेको भान जनतामा भएको छ। नेपाली कांग्रेसको सुधारका सम्भावना धेरै रहेका छन्। कहिले विजय, कहिले पराजय हुन्छ तर भविष्य छैन भन्न मिल्दैन। हार जितको शिलशीला राजनीतिमा समान्य हुन्छ। विश्वप्रकाशले हामी देश र कानुन सबै बनाउँदै जान्छौँ भनेर मात्र हुँदैन। त्यसलाई कार्यमा पालना गर्न सक्नुपर्ने हुन्छ। जनता र कार्यकर्तासँग विश्वास दिलाउन सक्नुपर्छ।

सुधारको निम्ति कस्तो खालको विद्रोह वा परिवर्तन आवश्यक देख्नुहुन्छ ?
कांग्रेस र कम्युनिस्टमा तत्काल सुधार देखिँदैन। सुधारका लागि कांग्रेसले जनताको मन जित्न सक्नुपर्छ। कांग्रेसमा सुधार, रूपान्तरण, सुदृढीकरण तत्काल हुनुपर्छ।। यसमा नेपाली कांग्रेसलाई मौलिक रूपमा रूपान्तरण गर्नुपर्ने हुन्छ। सिद्धान्त नीतिगत रूपमा रूपान्तरण गर्न सक्नुपर्छ। नेपाली कांग्रेसको पार्टी भित्रको असफलता हो। पार्टीलाई सही ढंगबाट नेतृत्वले अगाडि बढाउनुपर्छ। कार्यशैली सुधार होला जस्तो लाग्दैन । नेतृत्वमा रहेर मैले जे गरे पनि हुन्छ भन्ने भावना बोकेमा देश तथा पार्टीको नै औचित्य रहँदैन ।

विद्रोह नगरी सुख छैन भन्ने जनताको मनोदशा छ। त्यो हैसियत अहिलेका महामन्त्रीमा नभएको हो ?
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले पार्टीभित्र विद्रोह नै गर्दे आएका हुन्। पार्टी भित्र सङ्घर्ष गर्दै जितेर नै आएको हो। आन्तरिक लोकतन्त्रबाट लडेर नै आएका हुन्। अरू पार्टीमा भन्दा बढी लोकतान्त्रिक अभ्यास नेपाली कांग्रेसमा छ। नयाँ भनेका पार्टीमा भन्दा बढी आन्तरिक लोकतन्त्र बलियो छ। तर सुधारमा ध्यान दिएमा धेरै सहज हुन्छ। पार्टी सञ्चालन कार्यमा मात्र असफल भएको हो। सम्भावनाको ढोका अझै खुला देखिन्छ। कांग्रेसले पार्टी सुधारका लागि पटकपटक शिक्षा धेरै पाएको छ। त्यो शिक्षा सत्तामा गएपछि बिर्सिएको मात्र हो। शिक्षाको औचित्य अलि खस्केको मात्र हो। यो भनेको कांग्रेसका लागि सुधारको महत्त्वपूर्ण मौका हो।

हामी सुरुमा नेतालाई भगवान देख्ने र पछि सैतान बनाएर छोड्ने अवस्थामा किन पुग्छौं ?
नेपाली जनता विधि, पद्धति र पारदर्शितामा विश्वास गर्दैनौँ। जनतालाई चमत्कार र जादुको अवतार मात्र मनपर्छ। लोकतान्त्रिक प्रणाली भनेको विधिगत हुन्छ। लोकतान्त्रिक प्रणाली भनेको जनताप्रति उत्तरदायी हुने प्रणाली हो। यसमा परिणाम पनि महत्त्वपूर्ण रहेको छ। प्रक्रिया उत्तिकै महत्त्वपूर्ण रहेको छ। जनताको पौरख पनि महत्वपूर्ण छ। लोकतान्त्रिक प्रणाली भनेको कुनै चमत्कार होइन प्रक्रिया मात्र हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १२ : ३३ बजे

जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया

काठमाडौं- बुटवल, पोखरा र चितवनसहितका स्थानमा ठूला सहकारी संस्था खडा

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौं- बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

सुकेधारामा पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्

विराटनगर – कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ