कारखानाको मेसिन मर्मत गर्ने क्रममा भारतीय मजदुरको मृत्यु « Khabarhub

कारखानाको मेसिन मर्मत गर्ने क्रममा भारतीय मजदुरको मृत्यु


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सिराहा -सिराहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ।

कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका बेला बेल्डले लागेर भारतको मध्य प्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।

मेसिन मर्मत गर्ने क्रममा बेल्टले दाहिने पाखुरा काटिएर चुँडिएर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

घाइते तिवारीको उद्धारमा ढिलाइ भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरूले घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।

उद्योगका कार्यरत मजदुरहरूको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्यु हुने गरेको उनीहरूको भनाई रहेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ११ : २५ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति