निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा « Khabarhub

निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अबको डेढ महिनाभित्र पूरा हुने भएको छ । 

यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको काम भने अबको डेढ महिनाभित्र पूरा हुने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । 

“एकीकृत जाँच चौकी निर्माणका लागि जग्गा नेपालले उपलब्ध गराएको हो, यसको निर्माणको जिम्मेवारी भने नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले लिएको छ, लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो, नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ”, कार्यालय प्रमुख खनालले भने । 

उक्त जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको थियो । दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर, रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य भइरहेको भारतीय पक्षले जनाएको छ । 

जमुनाह नाकाभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको (भारतनेपाल) दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण काम तीव्ररुपमा भइरहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढे पनि २०७७ फागुनदेखि मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनाको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ३८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल