मकवानपुर ‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित « Khabarhub

मकवानपुर ‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३  गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा बढी गाई-गोरु तथा बाछाबाछी सो रोगबाट विराम एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासि गाई र गोरुमा  देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन  गाई, र कैलाश गाउँपालिकामा तीन  गाई  मरेका छन् ।  

एक्कासि गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको  नमुना जाँचका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । सो प्रयोगशालाले जाँच गर्दा जिल्लाका गाईगोरुमा लम्पी स्कीन रोगबाट प्रभावित भएको पुष्टि गरेको थियो ।

मकवानपुर गढीमा सबैभन्दा बढी प्रभावित भएपछि गाउँपालिकाले नमुना जाँचका लागि काठमाडौँ लगेको थियो । गाउँपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत सत्यनारायण शाहले लम्पी स्कीन रोग विरुद्धको औषधि नभएकाले उपलब्ध औषधि र प्राविधिक खटाएर गाईगोरुका उपचार सुरु भएको जानकारी दिए ।  

हाल एक हप्तादेखि सो लम्पी स्कीन रोग नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय र प्राविधिकसँग छलफल गरेको जनाइएको छ । रोग प्रभावित गाउँपालिकामा निःशुल्क सो रोगविरुद्ध खोप लगाउन सुरु भएको पशुसेवा कार्यालयका  प्रमुख डा  प्रभात न्यौपानेले जानकारी दिए ।    

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ५८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष