अन्तर्राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने « Khabarhub

अन्तर्राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताए । 

उनका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ ।
गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरेका थिए । 

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ४ : २७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।