नक्कली शरणार्थी प्रकरण : अमेरीकाको दबाबमा ठूला नेता पक्राउ परे | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : अमेरीकाको दबाबमा ठूला नेता पक्राउ परे


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली शरणार्थी प्रकरणमा अमेरिकाको दबावका कारण सरकारले छानबिनमा तदारुकता देखाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको भ्रष्टाचार विरोधी नीतिको उपज छानबिन प्रक्रियाले तीव्रता नपाएको बरु अमेरिकाको धम्कीपूर्ण दबाबको कारणले कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ  परेका र  एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे दाबी गरेका हुन्।

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भिर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

उनले यस प्रकरणमा अमेरिकाको चासोबारे संसद्‌मा माओवादी र कांग्रेसका सांसदहरुले व्यक्त गरेको अभिव्यक्तिको पनि स्मरण गराएका छन्। ‘कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ४ : ४९ बजे

मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

दाङ– दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए । ‘हाइटेन्सन’

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको