नक्कली शरणार्थी प्रकरण : अमेरीकाको दबाबमा ठूला नेता पक्राउ परे « Khabarhub

नक्कली शरणार्थी प्रकरण : अमेरीकाको दबाबमा ठूला नेता पक्राउ परे


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली शरणार्थी प्रकरणमा अमेरिकाको दबावका कारण सरकारले छानबिनमा तदारुकता देखाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको भ्रष्टाचार विरोधी नीतिको उपज छानबिन प्रक्रियाले तीव्रता नपाएको बरु अमेरिकाको धम्कीपूर्ण दबाबको कारणले कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ  परेका र  एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे दाबी गरेका हुन्।

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भिर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

उनले यस प्रकरणमा अमेरिकाको चासोबारे संसद्‌मा माओवादी र कांग्रेसका सांसदहरुले व्यक्त गरेको अभिव्यक्तिको पनि स्मरण गराएका छन्। ‘कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ४ : ४९ बजे

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि