नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन « Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भूटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौँको माइतीघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । उनीहरूले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नधकेल्न समेत ध्यानाकर्षण गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बास्काेटाले भ्रष्टाचार विरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताए । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनले बताए ।

समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ५ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा