सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ


२८ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले कीर्तिपुर नगरपालिका ६ स्थायी ठेगाना भएका ३५ वर्षीय नरेन्द्र केसीलाई बिहीबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सो को स्क्रिन रेकर्ड गरी पीडित महिलालाई पठाइ आफू अनुकूल फाइदा लीन दबाब दिइरहने गरेका थिए ।

आफ्नाे उद्देश्य पुरा नभएपश्चात् पीडितको आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाई दुःख हैरानी दिई चरित्र हत्या गर्ने गरेको अनुसन्धानबाट खुलेपछि विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा उनलाई साइबर व्यूरो भोटाहिटिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ६ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको