लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु « Khabarhub

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो । 

लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गरे । त्यस अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धले महापरिनिर्वाण हुनअघि जीवनमा एकपटक भए पनि बुद्धजन्मस्थल लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए ।

बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उल्लेख गर्दै उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे। उनले लुम्बिनी प्रेरणा, शान्ति र सद्भावका लागि भ्रमण गर्नुपर्ने महत्वपूर्ण स्थल भएको बताए । 

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए । 

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर वली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनय शाहलगायतले लुम्बिनीसहित नेपालका पर्यटकीयस्थल भ्रमणका लागि निम्तो दिए। 

पर्यटन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशबाट २८ वटा ट्राभल-टुर कम्पनी सहभागी भएका छन् । 

मार्टमा विदेशी ट्राभल-टुर कम्पनी, नेपाल सरकार, नेपाल पर्यटन बोर्डका अधिकारी, नाट्टाका सदस्य, पर्यटनसम्बद्ध सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता छ । शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए । 

ट्राभल कम्पनीलाई लुम्बिनीलाई केन्द्रमा राखेर ‘टुर प्याकेज’ निर्माणका लागि समेत सुझाव दिइएको छ । ट्राभल मार्टमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ६ : ४२ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र