अवैध लागूऔषध सहित दुई जना पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित दुई जना पक्राउ


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४७ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका १३ घर भएका ३५ वर्षीय सागर चाम्लिङ राई रहेका छन् ।

उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बिहीबार इलामबाट काठमाडौँतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख. ३७२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित रौतामाई गाउँपालिका ८ डिल्लिबर बस्ने ५० वर्षीय डिक बहादुर लुङ्गेली मगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ६ : ४६ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग