अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने « Khabarhub

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ ।

यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर) को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् । ।

नगरप्रमुख खत्रीले भने, “यहाँ आउनु अगाडि रु आठ–दश लाख सहयोगको घोषणा गरौँला भनेर आएको थिएँ, तर यहाँको अवस्था देख्दा यसको स्थायित्व नै गरेर जानुपर्ने देखेँ, त्यसैले यसका लागि स्थायी भवन निर्माण गर्न आवश्यक जग्गा र भवन निर्माणको काम आउँदो वर्षबाटै सुरु हुने गरी आउँदो बजेटमा व्यवस्था गर्ने गरी अगाडि बढ्नेछौँ, अब यसको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिन्छ ।”

उनले आश्रममा रहेका ५० अनाथ असहायलाई भोजनको व्यवस्था गर्दै थप नौ हजार आर्थिक सहयोग प्रदान गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले अनाथ, असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गर्ने र आश्रय दिने काम सहज नभएको भन्दै यस्तो पुण्य कामलाई सबैको सहयोग आवश्यक रहेको बताए ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईँले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना खुवाएर सुरु गरिएको यो अभियान आजका दिनसम्म आइपुग्दा भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छवटा शाखामा तीन सय ५० जनालाई उद्धार गरी व्यवस्थितरूपमा राखिएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल