रणवीर माथि कंगनाको टिप्पणी- लागूऔषध दुर्व्यसनीलाई रामको भूमिका « Khabarhub

रणवीर माथि कंगनाको टिप्पणी- लागूऔषध दुर्व्यसनीलाई रामको भूमिका


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ।

कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन्। यही क्रमलाई हालै निरन्तरता दिएकी छन्।

केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो। यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन्। कंगनाले यही विषयलाई लिएर इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन्।

‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदै छ भन्ने सुन्दै छु। जहाँ एक सेतो मुसा, जो कथित रूपमा अभिनेता छ। जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ। जो नारीकरणका लागि चिनिन्छ र लागूऔषध दुर्व्यसनी पनि हो। जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन। अब आफूलाई राम बनाउने तयारीमा छ।’

उनी थप अगाडी लेख्छिन्, ‘जबकि एक युवा सुपरस्टार, जो आफैँ बनिएका हुन्। एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ। जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदै छन्। यो कस्तो किसिमको कलियुग हो। कोही पहेँलो रंगको लागूऔषध दुर्व्यसनीले रामको भूमिका निभाउनु हुँदैन। जय श्री राम।’ उनले थपिन्, ‘यदि तपाईँ ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु। म सँग निहुँ नखोज्नुहोला। मबाट टाढै रहनू।’

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : १९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा