रणवीर माथि कंगनाको टिप्पणी- लागूऔषध दुर्व्यसनीलाई रामको भूमिका « Khabarhub

रणवीर माथि कंगनाको टिप्पणी- लागूऔषध दुर्व्यसनीलाई रामको भूमिका


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ।

कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन्। यही क्रमलाई हालै निरन्तरता दिएकी छन्।

केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो। यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन्। कंगनाले यही विषयलाई लिएर इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन्।

‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदै छ भन्ने सुन्दै छु। जहाँ एक सेतो मुसा, जो कथित रूपमा अभिनेता छ। जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ। जो नारीकरणका लागि चिनिन्छ र लागूऔषध दुर्व्यसनी पनि हो। जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन। अब आफूलाई राम बनाउने तयारीमा छ।’

उनी थप अगाडी लेख्छिन्, ‘जबकि एक युवा सुपरस्टार, जो आफैँ बनिएका हुन्। एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ। जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदै छन्। यो कस्तो किसिमको कलियुग हो। कोही पहेँलो रंगको लागूऔषध दुर्व्यसनीले रामको भूमिका निभाउनु हुँदैन। जय श्री राम।’ उनले थपिन्, ‘यदि तपाईँ ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु। म सँग निहुँ नखोज्नुहोला। मबाट टाढै रहनू।’

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै