फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकाल घोषणा, हजारौँलाई अन्यत्र सारियो « Khabarhub

फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकाल घोषणा, हजारौँलाई अन्यत्र सारियो


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा ज्वालामुखी विस्फोटका कारण आपतकाल घोषणा गर्दै हजारौँलाई अन्यत्र सारिएको छ। फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी विस्फोटपछि हुने धुलोको मुस्लोले मानिसहरूलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरूले जनाएका छन्।

टाइफून गुचोल क्षेत्रबाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पूर्वसूचित गरिएको छ।

ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो। गत शुक्रबार नै आपतकालीन अवस्था घोषणा गरेर उनीहरूलाई बाहिर निकालिएको हो। जसका कारण, विनाशकारी विस्फोटको घटनामा आपतकाल कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस् भनेर सो कदम चालिएको थियो।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुंगा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन्, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पूर्व सूचना जारी गरिएको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : २० बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण