राजनीतिक पद देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

राजनीतिक पद देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए ।

“जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ छ ।

“गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ ।” पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उनको गुनसो थियो ।

“मिटरब्याज पीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ पाएका छैनन्, मिटरब्याजी सामाजिक अपराधीमा अझै दरिएका छैनन्”, उनले भने, “यो अवस्था अन्त्यका लागि प्रहरी/प्रशासनिक निकाय र स्थानीय तहका प्रतिनिधिमा थप प्रतिबद्धता आवश्यक छ ।”

शनिबार जिल्ला सदरमुकाम जलेश्वर र रामगोपालपुरमा आयोजित कार्यक्रममा पनि उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको प्रत्याभूति सरकारको प्राथमिक दायित्व भएको बताएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ३४ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र